Friday, May 20, 2016

बुद्ध काहाँ जन्मेका हाेलान् ??? (Where was Buddha Born ???)

बुद्ध काहाँ जन्मेका हाेलान् ???


विश्व बौद्ध दिवश तथा बुद्ध जयन्तीको अवसरमा बौद्ध सम्मेलन नेपालमा हुनु र विश्वका शक्तिशाली आणविक राष्ट्रहरुले समेत बुद्ध जयन्तीको शुुभकामना सन्देश दिनु उलेख्य कुरा हो । यसै सन्दर्भमा बुद्ध नेपालमै जन्मिएका हुन् वा होइनन् भन्ने तथ्यले  हामी नेपालीहरुमाझ ठूलै अर्थ राख्ने गरेको छ ।



यहाँ प्रस्तुत तस्विर अष्ट्रेलियाको ओलोङगङ्गस्थित नान तियान बौद्ध  विहारमध्येको एक भवनको भित्तामा टाँसिएको सूचना हो यो । केही समय अघि म मेरो परिवार सहित सिड्नीबासीहरुमाझ लोकप्रिय रहेको यो मन्दिर घुम्न गएको थिएँ ।
नेपाली भएको कारण र बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने एकिन स्वाभिमानी मलाई पनि यो विहारमा बुद्धका बारेमा र बुद्ध कहाँ जन्मेका हुन् भन्ने तथ्यलाई कसरी र कहाँ राखिएको छ होला भन्ने कौतुहल हुने नै भयो । म यस बारेको सूचना कतै न कतै त यो विहारमा राखिएको होला भनेर अलि ध्यान दिन थाँले ।
र फेला पाँरे माथिको सूचना । नान तियान विहार घुम्न आउनेको लागि जानकारी दिन राखिएको एक सूचनापाटीमा बुद्धकाे जन्मस्थानबारे लेखिएको यो तथ्यले मलाइ पनि सुरुमै अप्ठेरो अनुभव गरायो ।

सूचनामा लेखिएको छ – ‘बौधवादको स्थापना शाक्यमूनि बुद्धले गरेका हुन् । उनी एक कुनै समयमा दक्षिणी भारत (हाल नेपाल) मा एक धनी शाक्यमूनी परिवारमा  सिद्घार्थ गौतमको रुपमा जन्मेका थिए ।’
सूचनाले फेरी मलाई सोच्न पनि बाध्य तुल्यायो ।

म इतिहाँसको विद्यार्थी होइन । तर नेपाली हो । बुद्ध नेपालमा जन्मेका हुन भन्ने कुराले सबै नेपलीलाई जति सुखको अनुभूति गराँउछ त्यति नै मलाइ पनि गराउँछ । तर अष्ट्रेलियको एक प्रतिष्ठित बुद्ध विहारमा राखिएको यो जनाकारीले मेरो पनि टाउको दुखायो ।
तर सामान्य अर्थमा माथिको सूचनाले दूइटा तथ्य एकै साथ दिन्छ । र म जस्तालाई भुक्याउँछ पनि ।

‘बुद्धकाे जन्म सिद्धार्थ गौतमको रुपमा कुनै बेला दक्षिणी भारतको एक स्थान, जुन अहिले नेपालमा पर्छ’  भन्ने नै हो उक्त सूचनाको शाब्दिक अर्थ । बुद्ध जन्मेको स्थान कुनै बेला भारत रहेको तर हाल नेपालमा पर्ने भन्ने जनाकारी दिएको छ यो सूचनाले । यसको अर्को अर्थ त लाग्दैन । अब यसलाई कसरी बुझ्ने ?

बुद्ध जन्मदाताकाको उक्त स्थान कहाँ पथ्र्यो होला ? यो मलाई थाह छैन । तर के यसले बुद्ध जन्मेको तथ्यलाई बँग्याउन सहयोग गर्ला ? यसलाई कसरी व्याख्या गर्ने ? यस्तो द्वविधाको अन्य गर्नका लागि कुनै पनि कानुनी वा अन्य कुनै सर्वमन्य सिदान्त  होला ?

सबै तस्बीर - लीला घिमिरे

प्रतिक्रिया दिनुहोला :



Wednesday, April 27, 2016

Gloomy Central Station, Sydney

Even everyday sights can be mesmerizing in Sydney. Many time they are left unnoticed or it was not the right time for you being there. This time I was lucky to get one shot but not lucky enough to get it captured by my NIKON D810. But my Note 4 too is a strong contender to many DSLRS whhile it comes to taking great Shots. 

Tuesday, April 26, 2016

Turtles @ Taronga Zoo NSW





An Encyclopedia of Flora, Fauna and Pleasure. One should not miss this if s/he is in Sydney.

Photographs by Leela Ghimire for www.myzoomlens.com