Friday, May 20, 2016

बुद्ध काहाँ जन्मेका हाेलान् ??? (Where was Buddha Born ???)

बुद्ध काहाँ जन्मेका हाेलान् ???


विश्व बौद्ध दिवश तथा बुद्ध जयन्तीको अवसरमा बौद्ध सम्मेलन नेपालमा हुनु र विश्वका शक्तिशाली आणविक राष्ट्रहरुले समेत बुद्ध जयन्तीको शुुभकामना सन्देश दिनु उलेख्य कुरा हो । यसै सन्दर्भमा बुद्ध नेपालमै जन्मिएका हुन् वा होइनन् भन्ने तथ्यले  हामी नेपालीहरुमाझ ठूलै अर्थ राख्ने गरेको छ ।



यहाँ प्रस्तुत तस्विर अष्ट्रेलियाको ओलोङगङ्गस्थित नान तियान बौद्ध  विहारमध्येको एक भवनको भित्तामा टाँसिएको सूचना हो यो । केही समय अघि म मेरो परिवार सहित सिड्नीबासीहरुमाझ लोकप्रिय रहेको यो मन्दिर घुम्न गएको थिएँ ।
नेपाली भएको कारण र बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने एकिन स्वाभिमानी मलाई पनि यो विहारमा बुद्धका बारेमा र बुद्ध कहाँ जन्मेका हुन् भन्ने तथ्यलाई कसरी र कहाँ राखिएको छ होला भन्ने कौतुहल हुने नै भयो । म यस बारेको सूचना कतै न कतै त यो विहारमा राखिएको होला भनेर अलि ध्यान दिन थाँले ।
र फेला पाँरे माथिको सूचना । नान तियान विहार घुम्न आउनेको लागि जानकारी दिन राखिएको एक सूचनापाटीमा बुद्धकाे जन्मस्थानबारे लेखिएको यो तथ्यले मलाइ पनि सुरुमै अप्ठेरो अनुभव गरायो ।

सूचनामा लेखिएको छ – ‘बौधवादको स्थापना शाक्यमूनि बुद्धले गरेका हुन् । उनी एक कुनै समयमा दक्षिणी भारत (हाल नेपाल) मा एक धनी शाक्यमूनी परिवारमा  सिद्घार्थ गौतमको रुपमा जन्मेका थिए ।’
सूचनाले फेरी मलाई सोच्न पनि बाध्य तुल्यायो ।

म इतिहाँसको विद्यार्थी होइन । तर नेपाली हो । बुद्ध नेपालमा जन्मेका हुन भन्ने कुराले सबै नेपलीलाई जति सुखको अनुभूति गराँउछ त्यति नै मलाइ पनि गराउँछ । तर अष्ट्रेलियको एक प्रतिष्ठित बुद्ध विहारमा राखिएको यो जनाकारीले मेरो पनि टाउको दुखायो ।
तर सामान्य अर्थमा माथिको सूचनाले दूइटा तथ्य एकै साथ दिन्छ । र म जस्तालाई भुक्याउँछ पनि ।

‘बुद्धकाे जन्म सिद्धार्थ गौतमको रुपमा कुनै बेला दक्षिणी भारतको एक स्थान, जुन अहिले नेपालमा पर्छ’  भन्ने नै हो उक्त सूचनाको शाब्दिक अर्थ । बुद्ध जन्मेको स्थान कुनै बेला भारत रहेको तर हाल नेपालमा पर्ने भन्ने जनाकारी दिएको छ यो सूचनाले । यसको अर्को अर्थ त लाग्दैन । अब यसलाई कसरी बुझ्ने ?

बुद्ध जन्मदाताकाको उक्त स्थान कहाँ पथ्र्यो होला ? यो मलाई थाह छैन । तर के यसले बुद्ध जन्मेको तथ्यलाई बँग्याउन सहयोग गर्ला ? यसलाई कसरी व्याख्या गर्ने ? यस्तो द्वविधाको अन्य गर्नका लागि कुनै पनि कानुनी वा अन्य कुनै सर्वमन्य सिदान्त  होला ?

सबै तस्बीर - लीला घिमिरे

प्रतिक्रिया दिनुहोला :